Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघ्यो

अर्थ संसार

मंगलबार, ०४ असोज २०७९, १६ : २६ मा प्रकाशित

नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघ्यो

नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ । 

हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । 

२०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ । 

मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगु देखिएको छ । 

यस्तै, प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको