Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंककाे ऋणपत्र बाँडफाँड

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १४ : ४२ मा प्रकाशित

हिमालयन बैंककाे ऋणपत्र बाँडफाँड

हिमालयन बैंक लिमिटेडले भदौ १५ गते, बुधबारबाट भदाै २९ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड गरिएकाे बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला थियाे । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको थियाे ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । 

त्यसैगरी, बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको