Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला मोटर्सकाे चाडपर्व अफर : अहिले ड्राइभ गर्नुस्, पछि तिर्नुस्

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, १५ : २१ मा प्रकाशित

सांग्रिला मोटर्सकाे चाडपर्व अफर : अहिले ड्राइभ गर्नुस्, पछि तिर्नुस्

नेपालमा Peugeot र Citroen को लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको औपचारिक घोषणा गरेको छ । दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको दाबी गरिएको छ ।

सांग्रिला मोटर्सले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६.५० लाख र रु १५.५० लाखको लाभ प्रदान गरिनेछ। त्यसैगरी, Citroën र Peugeot दुवैले आफ्ना ग्राहकलाई रु ७ लाख छुट, १ वर्षको नि:शुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क इएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउँदै छन् । 

प्रसिद्ध फ्रान्सेली अटोमोबाइल ब्रान्डहरूमध्ये एक, Citroen, साङ्ग्रिला मोटर्सले नयाँ थपिएको हो। यो चाडपर्वको प्रस्ताव, Citroen को C5 Aircross मोडलमा मान्य छ। C5 Aircross मोडल, एउटा विलासी फ्रान्सेली कार जसले क्लास र आरामलाई एउटै कारमा पहुँचयोग्य बनाउँछ भनेर निक्कै प्रख्यात छ। जबकी Peugeot नेपाली कार बजारमा पहिले नै स्थापित भइसकेको छ र अफर Peugeot को 3008 Allure डिजेल मोडलका लागि मात्र मान्य छ।

यो चाडपर्वको अवसरमा सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले “ड्राइभ नाउ, पे लेटर” योजना ल्याएर सवारी साधनको सपना देखने मानिसहरूलाई सहज बनाउने लक्ष्यमा यो अफर ल्याईएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको