Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनएले डेंगु रोकथामको लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, १२ : ५२ मा प्रकाशित

एनआरएनएले डेंगु रोकथामको लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा सुरु भएको डेंगु भाइरस रोकथाम गर्न जनचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ । 

संघका अध्यक्ष रविना थापाका अनुसार संघको स्वास्थ्य समितिको सक्रियतामा आइतवार भर्चुअल जनचेतना कार्यक्रम गर्न लागिएको हो । 

नेपालमा अहिले डेंगु भाइरसबाट हजारौं मानिस संक्रमित भएर सयौं अस्पतालमा भर्ना भएका छन् । पछिल्लो सयम काठमाडौं उपत्यकामा डेंगु भाइरसको संक्रमणको उच्च जोखिममा रहेको छ । 

एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक  डा. सञ्जीव सापकोटाको समन्वयमा एनआरएनए ग्लोबल हेल्थ कमिटीले डान्फे केयरसँग सहकार्य गरी डेंगु भाइरल रोगको रोकथाम, प्रारम्भिक उपचार र व्यवस्थापनबारे कार्यक्रममा जानकारी दिइने छ । 

कार्यक्रममा डा. प्रभात अधिकारी सहित डेंगु विशेषज्ञहरूले सो रोगथामको लागि चाल्नु पर्ने कदमका बारेमा आआफ्ना भनाईहरु राख्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको