Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसमः यी ५ प्रदेशमा वर्षाको सम्भावना

अर्थ संसार

सोमबार, १० असोज २०७९, ०७ : ४३ मा प्रकाशित

आजको मौसमः यी ५ प्रदेशमा वर्षाको सम्भावना

बिहान मुलुकभर बदली छ । केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 राति प्रदेश १ र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । 

मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एक(दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको