Like us!
Follow us!
Connect us!
Watch us!

निजामतीमा सबैभन्दा धेरै सिफारिस हुनेमा स्याङ्जा पहिलो नम्बरमा, मनाङ शून्य

अर्थ संसार

आइतबार, १६ असोज २०७९, ०६ : ३७ मा प्रकाशित

निजामतीमा सबैभन्दा धेरै सिफारिस हुनेमा स्याङ्जा पहिलो नम्बरमा, मनाङ शून्य

बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको बुझाएको ६३ औँ प्रतिवेदनअनुसार एक वर्षमा स्याङ्जाका १२२ जना निजामती सेवामा प्रवेश गरेका छन् ।

निजामती सेवामा धेरै सङ्ख्यामा प्रवेश गर्ने दोस्रो जिल्ला काठमाडौँ रहेको छ । काठमाडौँका ११४ जना व्यक्ति निजामती सेवामा प्रवेश गरेका छन् । त्यस्तै तेस्रो, चौथो र पाँचौँ जिल्लामा क्रमशः गुल्मी, मोरङ र अर्घाखाँची छन् ।

ती जिल्लाबाट निजामती सेवामा प्रवेश गर्नेहरू क्रमशः १०५, ६९ र ६८ जना छन् । धनुषा, पर्वत, कास्की, दाङ, झापा र सुर्खेतबाट क्रमशः ६७, ६६, ६४, ६४, ६३ र ६१ जना निजामती सेवामा प्रवेश गरेका छन् । 

आयोगले आर्थिक वर्ष २०७८/७९ को अवधिमा तीन हजार ७२७ पदका लागि एक हजार ३९७ वटा विज्ञापन गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको