Like us!
Follow us!
Connect us!
Watch us!

अपर हेवाखोला हाइड्रोपावर: यी कारणले कम्पनी आर्कषक (कम्पनी विश्लेषण)

अर्थ संसार

शनिबार, २२ असोज २०७९, १५ : २१ मा प्रकाशित

अपर हेवाखोला हाइड्रोपावर: यी कारणले कम्पनी आर्कषक (कम्पनी विश्लेषण)

अपर हेवाखोलाको हालै अर्थात असार २४ ,२०७९ देखि असार २८,२०७९  गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको ३० प्रतिशतले हुन १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १५ लाख कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको थियो ।कम्पनीको सार्वजनिक निष्कासन गरेको सेयरमध्ये दुई प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा सुरक्षित गरेको थियो  । बाँकी १३ लाख ९५ हजार कित्ता साधारण सेयरहरु धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार सर्वसाधारणको लागि निष्कासन गरी बिक्री वितरण भएको हो। 

हाल प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिकाहरु बीच भएर बहने हेवाखोलामा ८.५ मे. वा क्षमताको प्रोजेक्ट हो।  हाइड्रोमा सम्भावना देखिएको यस कम्पनीको विशेषता व्याख्या गरेका छौ।

१. कम्पनीको संचालक समिति :

यस कम्पनीको संचालक समितिको अध्यक्षता श्री केशव बहादुर रायमाझीले गरेका छन् भने अन्य ६ जना संचालकहरु पनि समितिमा रहेका छन्। कम्पनीका रायमाझीसँग उद्योग व्यापार तथा जलविद्युत उत्पादनको क्षेत्रमा १४ वर्षको कार्य अनुभव रहेको छ भने तत्कालिन जनता बैंक नेपाल लिमिटेडमा संचालक समितिमा रही कार्य गरेको अनुभव समेत रहेको छ।  तेस्तै अपर हेवाको कम्पनीको व्यवस्थापनको जिम्मा प्रबन्ध संचालक श्री डेडराज खड्काले सम्हाल्दै आएका छन। स्नातक  सम्म अध्ययन गरेका खड्कासँग २४ वर्ष जलविद्युत क्षेत्रमा काम गरेको अनुभव रहेको छ। कम्पनीको व्यवस्थापन अनुभवी हातमा नै रहेको  देखिन्छ। 




२.  व्यापारिक उत्पादन सुरु​ 

कम्पनीको अर्को सबल पक्ष भनेको अपर हेवाले आफ्नो व्यापारिक उत्पादन सुरु गरिसकेको छ।संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिकाहरु बीच भएर बहने हेवाखोलामा ८.५ मे.वा क्षमताको आयोजनाले २०७८ चैत्र २ गते देखि नियमित विद्धुत उत्पादन तथा प्रसारण सुरू गरेको छ। विद्युत आम्दानी गर्न सफल यस कम्पनीले आउने वर्षहरु लगानीकर्ताहरुलाई लाभांस खुवाउने सभावना राख्दछ। कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच भएको सम्झौता अनुसार व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति rcod  २०७९ असार १६ गते भएता पनि आयोजनाले मिति २०७८ चैत्र ७ गते देखि व्यापारिक उत्पादन शुरु गरेको हो।

३. कम आयोजनाको लागत :

आयोजनाको कूल अनुमानित लागत १ अर्ब ४२ करोड २८ लाख ७२ हजार ५१८ रुपैयाँ रहेको छ । यस्तै प्रतिमेगावाट लागत १६ करोड ७३ लाख ९६ हजार  ७६७ रुपैयाँ रहेको छ । अरु आयोजनाको तुलनामा कम्पनीले निकै राम्रो लागतमा आयोजना सम्पन्न गरेको देखिन्छ। 

४. प्राधिकरण सँगको सम्झौता : 

अपर हेवाको नेपाल विद्युत प्राधिकरण संगको सम्झौता पनि आर्कषक देखिन्छ।  कम्पनीले वर्षायाममा प्रति कि वा घण्टा रु ४.८० र सुख्खायाममा प्रति कि वा घण्टा रु ८.४० विद्युत खरिद बिक्रि सम्झौता गरेको छ।  प्राधिकरण सँग गरेको सम्झौतामा सबै भनआकर्षित बनाउने विषय भनेको व्यापारिक उत्पादन सुरु हुने मितिबाट १ वर्ष पुगेको महिनाको लगतै पछिको महिनादेखि प्रत्येक वर्षको ३ प्रतिशतका दरले ५ पटक सम्म मूल्यवृद्धि गर्ने उल्लेख छ।  अर्थात कम्पनीको पहिलो महिना देखि १२ औ महिना सम्म सुख्खायाममा प्रति कि वा घण्टा रु ८.४० र वर्षायाममा प्रति कि वा घण्टा रु ४.८० हुनेछ।  त्यसपछि १३ औ महिना देखि २४ औ महिनासम्म सुख्खायाममा प्रति कि वा घण्टा रु ८.६५ र वर्षायाममा प्रति कि वा घण्टा रु ४.९४  हुनेछ।  यसरी हरेक वर्ष  ३ प्रतिशतका दरले ५ पटक सम्म मूल्यवृद्धि गर्दा ६१ औ महिना देखि सम्झौता अवधिसम्म कम्पनीले हरेक वर्ष  सुख्खायाममा प्रति कि वा घण्टा रु ९.६६ र वर्षायाममा प्रति कि वा घण्टा रु ५.५२  हुनेछ। 



 

नोटः हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।

 

63413cb95b7ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको