Like us!
Follow us!
Connect us!
Watch us!

यातायात कार्यालयका हाकिमले प्रतिनिधिसभाको लागि दिए स्वतन्त्र उम्मेदवारी

अर्थ संसार

आइतबार, २३ असोज २०७९, १८ : ४५ मा प्रकाशित

यातायात कार्यालयका हाकिमले प्रतिनिधिसभाको लागि दिए स्वतन्त्र उम्मेदवारी

यातायात कार्यालय बर्दिबासका कार्यालय प्रमुख पोशन थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

कार्यालय प्रमुखकोरुपमा बर्दिबास यातायात कार्यालयमा निक्कै कुशलता देखाएका थापाले प्रतिनिधिसभा सदस्यको लागी महोत्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

निजामती कर्मचारीकोरुपमा २६ वर्षदेखि कार्यरत थापाले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । थापाकै योजनाअनुसार कांग्रेसबाट बागी बनेका प्रह्लाद क्षेत्री स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा विजयी भएको चर्चासमेत जिल्लामा हुने गरेको छ ।

नगरप्रमुख प्रह्लाद क्षेत्रीले पनि थापालाई सहयोग गर्ने भएका छन् । मनोनयन दर्ता गर्न एकसाथ पुगेका क्षेत्रीपक्षले थापालाई विजयी बनाउन हरकोसिस गर्ने बताए ।

स्थानीय निर्वाचनमा बागी समर्थक र प्रह्लाद क्षेत्रीलाई कांग्रेसले गरेको कारबाही फुकुवा नगरेको भन्दै क्षेत्रीपक्षले स्वतन्त्ररुपमा आफ्नै चुनावी समीकरण बनाएको छ । थापासमेत कांग्रेस निकट हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको