Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

अर्थ संसार

सोमबार, २४ असोज २०७९, ११ : २९ मा प्रकाशित

सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । 

दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा पक्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । 

गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको