Like us!
Follow us!
Connect us!
Watch us!

तिहार अघिनै ५ कम्पनीको लाभांश पारित हुने, कुनको कति ?

अर्थ संसार

विहीबार, २७ असोज २०७९, ०७ : ४५ मा प्रकाशित

तिहार अघिनै ५ कम्पनीको लाभांश पारित हुने, कुनको कति ?

विभिन्न कम्पनीहरुले लाभांश पारित सहित अन्य विभिन्न ऐजेन्डाहरु पारित गर्नका लागि तिहारअघिनै बार्षिक साधारणसभा बोलाएका छन् । 

कम्पनीहरूले सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनाका आधारमा नेपाल ल्यूब आयल, सानिमा माई हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल र गुराँस लाइफ इन्स्योरेन्सले तिहार अघिनै लाभांश पारित गर्न लागेका हुन ।

यी मध्य सिटिजन्स बैंक इन्टरनेशनलले र सानिमा माई हाइड्रोपावर कम्पनीले नगद लाभांश मात्र प्रस्ताव गरेको छ भने नेपाल ल्यूब आयलले ५ प्रतिशत नगद सहित ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीहरुले प्रस्ताव गरेको नगद लाभांश साधारणसभाबाट पारित भए लगत्तै सेयरधनीहरुको बैंक खातामा जम्मा गरिने छ । 

१) नेपाल ल्युब आयल

नेपाल ल्युब आयल निगमको असोज ४ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको ३१ औं वार्षिक साधारणसभा आह्वान गर्नुका साथै सेयरधनीहरुका लाभांश प्रस्ताव गरेको थियो ।

संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा असोज २८ गते याक प्यालेस ललितपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि २५ प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप गरेको छ । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज भएको छ त्यसैले असोज १३ गतेसम्म नेप्सेमा बारोबार भई कायम सेयरधनीहरुले मात्र यो कम्पनीको लाभांश र साधारसभामा सहभागी हुन पाउनेछन् ।

२) सानिमा माई हाइड्रोपावर

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको एघारौँ वार्षिक साधारण सभा कार्तिक २ गते बुधबार हुनेछ  ।

कम्पनीको भदौ २० गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । 

त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यसैले, असोज ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३) सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बार्षिक साधारणसभा कार्तिक महिना ४ गते अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ः०० बजेदेखि संचालन हुनेछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ९ प्रतिशतले हुन आउने १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश र सभामा भाग हुन पाउनेछन्।  

४) रु रु जलबिद्युत आयोजना

रु रु जलबिद्युत आयोजनाले कार्तिक ४ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको १७ औँ साभारणसभा बानेश्वर ब्याङ्क्वेट थापागाँउ बानेश्वरमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको असोज ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ असोज २७ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ तसर्थ असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

५) गुराँस लाईफ इन्स्योरेन्स कम्पनी

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा कात्तिक ४ गते कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुने, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २६ गते, बुधबार बुकक्लोज गरेको थियो । त्यसैले, असोज २५ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको