Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० कम्पनी

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, ११ : ५५ मा प्रकाशित

यी हुन् नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० कम्पनी

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल २२१ वटा कम्पनीहरू सूचिकृत रहेका छन् । केही वर्ष अघिसम्म नेप्सेमा सूचिकृत कतिपय कम्पनीहरुको सेयरमूल्य प्रतिकित्ता १०० रुपैयाँ भन्दा पनि कम थियो । फेरि नेपालकाे सेयर बजार बुल मार्केटमा गई ३२०० काे विन्दुमा पुगेर फर्कियाे । त्यतिबेला सूचिकृत कम्पनीहरूकाे सेयरमूल्य पनि महँगाे भयाे ।  

तर फेरि बजार निरन्तर ओरालो लागेर १८०० काे विन्दुसम्म झरेर अहिले १९०० काे विन्दु टेकेकाे छ । लगातारकाे करेक्सनले बजारमा सूचिकृत कम्पनीहरूकाे मूल्य पनि अहिले निकै सस्तिएकाे छ । नेप्से परिसूचक ३२०० को विन्दुमा पुग्दा ३०० रुपैयाँ भन्दा कम सेयरमूल्य भएको कम्पनी त भेट्नै मुस्किल थियो । तर अहिले ३०० रूपैयाँ भन्दा कम मूल्य भएकाे कम्पनी ७० वटा भन्दा धेरै छन् । 

हिजाे आइतबारकाे अन्तिम काराेबारकाे आधारमा हेर्दा नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० वटा कम्पनीहरूमध्ये ८ वटा बैंक रहेका छन् । त्यसपश्चात् एउटा हाइड्राे समूहकाे कम्पनी र एउटा लगानी समूहकाे कम्पनी रहेकाे छ । 

नेप्सेमा सूचिकृत कम्पनीहरुमध्येमा सबैभन्दा सस्तो कम्पनी कुमारी बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड हुन् । आइतबारका अनुसार दुवै कम्पनीकाे अन्तिम काराेबार मूल्य एक सय ६८ रूपैयाँ रहेकाे छ । 

यी हुन् नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० कम्पनीहरु : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको