Like us!
Follow us!
Connect us!
Watch us!

मुख्यमन्त्री राउतले हटाए मधेश सरकारबाट कांग्रेसका मन्त्री

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, १३ : ५४ मा प्रकाशित

मुख्यमन्त्री राउतले हटाए मधेश सरकारबाट कांग्रेसका मन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाएका छन् । 

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका थिए । उनीहरुलाई मुख्यमन्त्री राउतले नै फोन गरी राजीनामा दिन भनेका थिए । तर उनीहरूले नमानेपछि तीनै जनालाई बर्खास्त गरिएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका मन्त्रीलाई हटाएका हुन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको