Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १० : १२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकले ३० हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज ३१ गते बाट ३५ दिनभित्र आवेदन दिनुपर्छ ।

इच्छुक संस्थापकले आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको