Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा अझै बढ्ने संकेत

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, ११ : १५ मा प्रकाशित

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा अझै बढ्ने संकेत

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

हिजाे असोज ३० गते इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएकाे नेपाल आयल निगमले जनाएकाे छ । प्राप्त नयाँ मूल्यसूची अनुसार  पेट्रोल प्रति लिटर १ रूपैयाँ ७४ पैसा, डिजेल प्रति लिटर १५ रूपैयाँ ६० पैसा र हवाई इन्धन १० रूपैयाँ २५ पैसाले बढेर आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको