Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश सिजन : यी हुन् उच्च लाभांश क्षमता भएका ५ वटा फाइनान्स कम्पनी, हेर्नुस् कुनकाे कति ?

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १५ : ५६ मा प्रकाशित

लाभांश सिजन : यी हुन् उच्च लाभांश क्षमता भएका ५ वटा फाइनान्स कम्पनी, हेर्नुस् कुनकाे कति ?

याे समय भनेकाे सेयर लगानीकर्ताहरूका लागि बाली भित्र्याउने समय जस्तै हाे । किनकी यतिबेला धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूकाे लाभांश सिजन चलिरहेकाे छ । याे समयमा सूचिकृत कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांशकाे घाेषणा गर्ने गर्दछन् ।

केही सूचिकृत कम्पनीहरूले लाभांश घाेषणा पनि गरिसकेका छन् । केही वाणिज्य बैंक, केही हाइड्राे, केही म्युचुअल फण्ड लगायतले लाभांश घााेषणा गर्दा हालसम्म सूचिकृत कुनै पनि फाइनान्स कम्पनीले भने लाभांश घाेषणा गरिसकेका छैनन् ।

यी हुन् उच्च लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंक, हेर्नुस् कुनकाे कति ?

आज हामी यहाँ उच्च लाभांश क्षमता भएका ५ वटा फाइनान्स कम्पनीहरूकाे बारेमा चर्चा गर्नेछाैँ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता भएका ५ वटा फाइनान्स कम्पनीहरू यस प्रकारका छन् :

१. आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम १०.५ प्रतिशतसम्म लाभांश दिनसक्ने देखिन्छ । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ रहेको छ । 

२. गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड 

सर्वाधिक लाभांश क्षमता भएका फाइनान्स कम्पनीहरूकाे दाेश्राे नम्बरमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड पर्दछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम ९.५३ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता रहेकाे छ । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड ६ लाख ६२ हजार रुपैयाँ रहेको छ । 

३. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड सर्वाधिक लाभांश क्षमता भएका फाइनान्स कम्पनीहरूकाे तेश्राे सूचीमा पर्दछ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा   कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम ७.८३ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता रहेकाे छ । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ७ करोड ५१ लाख ३९ हजार रुपैयाँ रहेको छ । 

४. गुडविल फाइनान्स कम्पनी लिमिटेड

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता भएकाे चाैथाे नम्बरमा गुडविल फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम ७.५० प्रतिशतसम्म लाभांश दिनसक्ने देखिन्छ । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ७ करोड ९ लाख ६६ हजार रुपैयाँ रहेको छ । 

५. नेपाल फाइनान्स कम्पनी लिमिटेड

सर्वाधिक लाभांश क्षमता भएका फाइनान्स कम्पनीहरूकाे पाचाैँ नम्बरमा नेपाल फाइनान्स कम्पनी लिमिटेड पर्दछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम ७.३६ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता रहेकाे छ । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ५ करोड ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको