Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् उच्च लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंक, हेर्नुस् कुनकाे कति ?

अर्थ संसार

विहीबार, २७ असोज २०७९, १४ : २९ मा प्रकाशित

यी हुन् उच्च लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंक, हेर्नुस् कुनकाे कति ?

यतिबेला धिताेपत्र दाेश्राे बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूकाे लाभांश सिजन चलिरहेकाे छ । केही सूचिकृत कम्पनीहरूले लाभांश घाेषणा पनि गरिसकेका छन् । हालसम्म नेप्सेमा सूचिकृत २ वटा वाणिज्य बैंकले लाभांश घाेषणा गरेका छन् । कुमारी बैंक लिमिटेड र सिटिजन्स बैंकले लाभांश घाेषणा गरेका हुन् ।

कुमारी बैंक लिमिटेडकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले बाेनस सेयर भने प्रस्ताव गरेकाे छैन । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) सँग मर्जरमा जान लागेका कारण हाल दाेश्राे बजारमा बैंककाे काराेबार राेक्का रहेकाे छ । 

त्यसैगरी, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभा कार्तिक४ गते अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा हुँदैछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश र सभामा भाग हुन पाउनेछन्। 

आज हामी यहाँ उच्च लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंकहरूकाे बारेमा चर्चा गर्नेछाैँ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंकहरू यस प्रकारका छन् :

१. एभरेष्ट बैंक लिमिटेड

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंक लिमिटेडकाे छ ।  एभरेष्ट बैंकले कुल ४३.६७ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेकाे छ । बैंककाे वितरणयाेग्य मुनाफा ३ अर्ब ८९ कराेड ५४ लाख ५४ हजार रूपैया रहेकाे छ ।

२. नबिल बैंक लिमिटेड

सर्वाधिक लाभांश क्षमता भएकाे वाणिज्य बैंकहरूकाे दाेश्राे नम्बरमा नबिल बैंक लिमिटेड पर्दछ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा नबिल बैंककाे लाभांश क्षमता ३९.९४ प्रतिशत रहेकाे छ ।

३. एनआईसी एशिया बैंक लिमिटेड

गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा सबैभन्दा धेरै लाभांश क्षमता भएकाे तेश्राे नम्बरमा एनआईसी एशिया बैंक लिमिटेड रहेकाे छ । एनआईसी एशिया बैंक लिमिटेडले कुल ३३.२६ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेकाे छ । 

४. स्टान्डर्ड चार्टड बैंक लिमिटेड

सर्वाधिक लाभांश क्षमता भएकाे वाणिज्य बैंकहरूकाे चाैथाे नम्बरमा स्टान्डर्ड चार्टड बैंक लिमिटेड लिमिटेड पर्दछ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा स्टान्डर्ड चार्टड बैंक लिमिटेडले कुल ३०.८७ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेकाे छ । 

५. कृषि विकास बैंक लिमिटेड

त्यसैगरी, गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा सबैभन्दा धेरै लाभांश क्षमता भएकाे पाचाैँ नम्बरमा कृषि विकास बैंक लिमिटेड रहेकाे छ । कृषि विकास बैंक लिमिटेडले कुल २९.६३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको