Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलकाे धनतेरस अफर : सुनचाँदीको सिक्का जित्ने माैका

अर्थ संसार

बुधबार, ०२ कार्तिक २०७९, १४ : ३१ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलकाे धनतेरस अफर : सुनचाँदीको सिक्का जित्ने माैका

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले हरेक वर्ष झै यस वर्षको धनतेरसको पावन उपलक्ष्यमा धनतेरस अफर अन्तर्गत लगानीकर्ताहरुहलाई आफ्नो समृद्धिका लागी सोहि दिन पारी लगानी गर्न सक्ने अवसर जुराएको छ । 

लगानीको लागि शुभ दिन मानिने धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको र सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुले लगानीका लागी अन्य कुनै विकल्प नहुँदा एनआईबिएल सहभागिता फण्डमा लगानी गरी लाभ प्राप्त गर्न सकिने गरी सोही दिन बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्मका लागी विशेष कारोबार सत्र सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले व्यवस्था मिलाएको छ । 

साथै, सो अफर अन्तर्गत रु. १० हजार  वा सो भन्दा बढी बराबरका एनआईबिएल सहभागिता फण्डको इकाई खरिद गर्ने लगानीकर्ताहरुका लागी सुन र चाँदी को सिक्का उपहार स्वरुप प्रदान गरिनेछ । यस अफर अन्तर्गत ३० हजार वा सो भन्दा बढी बराबर लगानी गर्ने १ भाग्यशाली लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्ताहरुलाई २ तोलाको चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिनेछ भने रु. १० हजार देखि रु. ३० हजार सम्मको लगानी गर्ने ५ भाग्यशाली लगानीकर्ताहरुलाई समेत २ तोला चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिनेछ । भाग्यशाली विजेताहरुको चयन फेसबुक लाईभ गरी गोलाप्रथा मार्फत गरीनेछ ।

धनतरेसको दिन पारी एनआईबिएल सहभागिता फण्डमा लगानी गर्न ईच्छुक लगानीकर्ताहरुले सोहि दिन एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालयहरु तथा यस फण्डको अनलाईन प्रणाली  https://mutualfund.niblcapital.com/ मार्फत योजनाको इकाई खरिद गर्न सक्नेछन् ।
धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गरौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको