Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै पहिलाेपल्ट नासाले सुरू गर्याे मार्जिन कारोबार, आवेदन दिएको ५८ मिनेटमै स्विकृती

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १५ : ०२ मा प्रकाशित

नेपालमै पहिलाेपल्ट नासाले सुरू गर्याे मार्जिन कारोबार, आवेदन दिएको ५८ मिनेटमै स्विकृती

नेपालमै पहिलाेपल्ट नासा सेक्यूरिटीज कम्पनी लिमिटेड स्टक ब्रोकर नंम्बर (५८) ले मार्जिन काराेबार सुरू गरेकाे छ । कम्पनीले  लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने Marging Trading कारोबार सुविधा प्रदान गर्न सुरू गरेको हाे । नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि लगानिकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्यूरिटिज पहिलो ब्रोकर कम्पनी हो ।

नासा सेक्यूरिटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ बमोजिम लगानिकर्ताहरुका लागि २ प्रकारका योजनाहरु ल्याएको छ।

पहिलो योजना अन्तर्गत १० लाख रूपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् । सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने छ र यसमा सेवा शुल्क र व्याज सहित जम्मा शुल्क ९ हजार ९ सय ९९ रूपैयाँ मात्र लाग्नेछ ।

दोस्रो योजना १० लाख रूपैयाँसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क २१ हजार ५८ रूपैयाँ मात्र लाग्नेछ।

यी सुविधा उपभोग गर्न चाहाने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्नेछ । कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्नेछ ।

त्यसैगरी,  कम्पनीसँग हाल उपलब्ध स्रोत धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्धेश्यबाट परिचालन गरिएको छ । भविष्यमा धेरै स्रोतको जोहो गरि छिटो छरितो, गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेकाे बताएकाे छ । कम्पनीले यी योजनाहरुमा सहभागिता जनाई नयाँ सुविधाको लाभ उठाउन र सेवामा गुणात्मक सुधारका लागि रचनात्मक राय सुझाव दिन ग्राहकहरुलाई हार्दिक अपिल गरेकाे छ ।

कम्पनीमा मार्जिन कारोबार सुविधा लिई कारोबार गर्नका लागि कम्पनीको वेबसाइट http://www.naasasecurities.com.np/ मा गई आवेदन दिन सकिनेछ ।

विज्ञप्ति हेर्नुहाेस् :

6351144e16c3f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको