Like us!
Follow us!
Connect us!
Watch us!

९० करोड लाभांश पारित गर्न  निफ्राले डाक्यो साधारणसभा, अन्य के-के छन् प्रस्ताव ?

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, ०६ : ३६ मा प्रकाशित

९० करोड लाभांश पारित गर्न  निफ्राले डाक्यो साधारणसभा, अन्य के-के छन् प्रस्ताव ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले बार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकको संचालक समितिको कार्तिक ४ गतेको बैठकले बैंकको चौथो वार्षिक साधारणसभा मंशिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजेदेखि संचालन गर्ने निर्णय गरेको हो ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंशिर १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले मंशिर १ गतेभन्दा अगाडी सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

6354905fbb792.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको