Like us!
Follow us!
Connect us!
Watch us!

‘सरकारकै गलत नीतिले निजी क्षेत्र पलायन हुने अवस्था आयो’

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, ०७ : २५ मा प्रकाशित

‘सरकारकै गलत नीतिले निजी क्षेत्र पलायन हुने अवस्था आयो’

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक सङ्कटमा फस्दै गएको बताएका छन्  । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी तथा व्यवसायी भेलामा उनले  यस्तो बताएका हुन्  ।

उनले सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने अवस्था आएको आरोप लगाए । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यका उम्मे दवार पौडेलले सरकारको असफलताका कारण मुलुक यो अवस्थामा पुगेको दाबी गरे ।

अस्वाभाविक रूपमा करको दर  हेरफेर, बैङ्क ऋणको ब्याजदरमा उच्च वृद्धिलगायत कारणले निजी क्षेत्र अस्थिर बनेको बताए । उनले गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको दाबी समेत गरे ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको