Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धनले घेराबन्दी गर्दा पनि राम्रो जनमत पायौँ, एमाले प्रतिपक्षमा बस्छः पौडेल

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, ०७ : १७ मा प्रकाशित

गठबन्धनले घेराबन्दी गर्दा पनि राम्रो जनमत पायौँ, एमाले प्रतिपक्षमा बस्छः पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् ।

शनिबार नेकपा (एमाले) पर्वत काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ।”

उनले पाँचदलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताए । उनले पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन  आग्रह गरे ।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो। साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको