Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार ३५ केजी सुन र एक हजार केजी चाँदी बिक्री

पत्रपत्रिका

आइतबार, ०६ कार्तिक २०७९, ०७ : ४४ मा प्रकाशित

शनिबार ३५ केजी सुन र एक हजार केजी चाँदी बिक्री

चाडपर्वमा सुनचाँदीको माग निकै धेरै हुन्छ, त्यसमा  पनि  तिहारमा  बढी  हुने  गर्छ  ।  तिहारमा  लक्ष्मी  पूजाअघिका  तीन÷चार  दिनमा  सुनचाँदीका  गरगहना र सामानको माग उच्च हुने व्यवसायीले बताएका छन् ।

यस वर्ष सोमबार लक्ष्मीपूजा गरिँदै छ । सुनचाँदी र तामा समान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलनअनुसार अहिले यी समानका पसलमा भीड लाग्ने गरेको छ । शनिबार एक हजार केजी चाँदी र ३५ केजी सुनका गहना र सामान खरिदबिक्री भएको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

अन्य  समयको  तुलनामा  तिहारमा  सुनको  खपत दोब्बर र चाँदीको खपत तेब्बर हुने गर्छ । एक साताअघिदेखि नै सुुनचाँदीका गहनाको माग बढ्न भए पनि तिहारको तीन दिन बढी कारोबार बढी हुने व्यवसायीको भनाइ छ ।  मुुख्य चाडपर्व, तीज, दशैँ र तिहारसँगै बिहेको सिजनमा बजारमा सुुनको खपत धेरै हुने गर्छ । गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको