Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको वित्तिय विवरण चिरफार : नाफा बढाउदा कसरी घट्यो इपीएस ?

अर्थ संसार

सोमबार, ०७ कार्तिक २०७९, २१ : ५२ मा प्रकाशित

नबिल बैंकको वित्तिय विवरण चिरफार : नाफा बढाउदा कसरी घट्यो इपीएस ?

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८०  को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरिसकेको छ।  बैंकको सार्वजनिक गरेको विवरण अनुसार एकातिर बैंकको खुद नाफा बढेको देखिन्छ भने अर्को तर्फ बैंकको प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको देखिन्छ। 

खुद नाफा 

विवरण अनुसार पहिलो त्रैमासमा बैंकले आफ्नो खूद मुनाफा बढाएको छ । गत वर्ष १ अर्ब ११  करोड रहेको नाफा यो साल बढाएर १ अर्ब ५७ करोड माथि पुर्याएको छ।   खुद नाफा बैंकले ४१.३० प्रतिशतले वृद्धि गर्न सफल भएको छ। खुद नाफा बढ्नुको प्रमुख कारण खुद ब्याज आम्दानी सञ्चालन मुनाफा बढ्नु देखिन्छ।  

खुद ब्याज आम्दानी

नबिल बैंकले खूद ब्याज आम्दानी बढेको छ । यस अवधिमा बैंकले ३ अर्ब ६७ करोड यस्तो आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्ममा यस्तो आम्दानी २ अर्ब २४ करोडमा सीमित थियो । यो ६४.०५ प्रतिशतको वृद्धि हो। 

सञ्चालन मुनाफा

बैंकले यस वर्ष बैंकले सञ्चालन मुनाफा बढाएको छ।  अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ५८ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा अहिले बढाएर २ अर्ब २३ करोड  पुगेको छ । यो ४० प्रतिशतको वृद्धि हो।

वितरणयोग्य मुनाफा

बैंकले अहिलेको समीक्षा अवधिमा वितरणयोग्य मुनाफा निकै नै बढाएको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा नबिलले २४२.२८ प्रतिशतले वितरणयोग्य मुनाफा बढाएको हो । अघिल्लो वर्ष यही अवधिसम्म ८५ करोड १९ लाख रुपैयाँमा रहेको  मुनाफा यो समीक्षा अवधिमा बढेर २ अर्ब ९१ करोड पुगेको छ ।

खराब कर्जाको अनुपात(एनपीएल)

नबिल बैंकको खराब कर्जा बढेको छ। अघिल्लो वर्षको यस अवधिसम्म १.१३ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर २.३३ प्रतिशत पुगेको छ । 

प्रतिसेयर आम्दानी(इपीएस)

नबिलको खुद नाफा बढेपनि इपीएस घटेको छ । अघिल्लो वर्षको यही अवधिमा प्रति सेयर आम्दानी ३२.११ रहेको इपीएस यो वर्ष घटेर २७.५३ मा सीमित भएको छ। 

नाफा बदाउदा कसरी घट्यो इपीएस ?
४१.३० प्रतिशतले खुद नाफा वृद्धि गरेको नबिलको नाफाले पक्कै पनि प्रति सेयर आम्दानी पनि बढ्ने आकलन गरेका यस कम्पनीका सेयरधनीलाई भने  निराश बनाउनुका साथै प्रति सेयरआम्दानी कसरी घट्यो भन्ने दुविधा सामाजिक संजाल मार्फत देखिएको छ। अघिल्लो वर्षको यही अवधिमा प्रति सेयर आम्दानी ३२.११ रहेको यो वर्ष घटेर २७.५३ मा सीमित भएको नबिलको इपीएस घटाउनुको मुख्य फ्याक्टर भने नेपाल बंगलादेश बैंकको प्राप्ति हो। नबिलले १००:४३ काे अनुपातमा नेपाल बंगलादेश बैंक प्राप्ति गरेकाे हाे । नेपाल बंगलादेश बैंक प्राप्तिले नबिलको चुक्ता पूँजी बढाएको छ। नबिल बैंकको गत आर्थिक वर्षको प्रथम त्रैमासिक रिपोर्ट विवरण प्रकाशित गर्दा बैंकको  चुक्ता पूँजी १३ अर्ब ८४ करोड रहेको थियो जुन अहिले बढेर २२ अर्ब ८३ करोड पुगेको छ। यस बढेको चुक्ता पूँजीमा नबिल बैंकले दिएको ३३.४० बोनस र नेपाल बंगलादेश बैंकको चुक्ता पूँजी पनि थप छ।  जसको कारण खुद नाफा बढे पनि कम्पनीको चुक्ता पूँजी बढेको कारण प्रति सेयर आम्दानी भने घट्न पुगेको हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको