Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार टप ब्रोकरकाे बिक्री भन्दा खरिद बढी, कुन ब्राेकरले कति किने कति बेचे ?

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, १६ : १६ मा प्रकाशित

मंगलबार टप ब्रोकरकाे बिक्री भन्दा खरिद बढी, कुन ब्राेकरले कति किने कति बेचे ?

लामाे समयपछि आज (मंगलबार) सेयर बजारमा रौनकता देखिएकाे छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्दा सबै सूचक हरियै भएर काराेबार बन्द भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेकाे छ । नेप्से २.९९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेकाे छ । कूल २३१ वटा कम्पनीकाे ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

धेरै समयपछि सेयर काराेबार रकम एक अर्ब कटेकाे दिन आज धेरै कारोबार गर्ने १० वटा ब्रोकहरुमध्येमा ७ वटा ब्रोकरहरुको खरिद बढी छ भने बाँकी ३ वटा ब्रोकरको बिक्री बढी छ । 

आज सबैभन्दा बढी रकमको सेयर कारोबार ब्रोकर नम्बर ५८ बाट भएको छ । ५८ नम्बरबाट ८ करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर खरिद हुँदा ७ करोड ४१ लाख  रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै दाेश्राे नम्बरमा रहेकाे ब्रोकर नम्बर ३४ ले ६ करोड ५२ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर किन्दा ५ करोड ५० लाख ८८ हजार रुपैयाँ बराबरको सेयर बेचेकाे छ ।

त्यसैगरी, खरिदकाे तुलनामा ब्राेकर नम्बर ३३ ले बढी रकमकाे सेयर बेचेकाे छ । ३३ नम्बर ब्राेकरले २ कराेड ८२ लाख २९ हजार रूपैयाँ बराबरकाे सेयर किन्दा ५ कराेड ४ लाख ९८ हजार रूपैयाँ बराबरकाे सेयर भने बेचेकाे छ  ।

टप १० ब्रोकरहरुको खरिद र बिक्री :

6360ff2635a87.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको