Like us!
Follow us!
Connect us!
Watch us!

फेसबूकको सेयरमूल्य सन् २०१५ को विन्दुमा

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, १६ : ०७ मा प्रकाशित

फेसबूकको सेयरमूल्य सन्  २०१५ को विन्दुमा

केही वर्ष अगाडीदेखि समाजिक सञ्जालको राजा मानिएको फेसबूकको मातृ कम्पनी मेटाको सेयर मूल्य २०१५ को मूल्य अंकमा झरेको छ। 

मेटाको सेयरमूल्य हाल ९५.२० अमेरिकी डलरमा कारोबार भई रहेको छ। सन २०१२ देखि विश्व इन्टरनेट तथा प्रविधिको नयाँ युगमा प्रवेश गर्ने तयारीमा थियो। सामाजिक सञ्जाल र मान्छे बीचको दूरी घटाउँदै सुरु भएको फेसबूकको यात्रा निरन्तर २०२१ सम्म चल्यो।

२०१२ बाट निरन्तर रूपमा फेसबूकको सेयर मूल्यमा वृद्धि भएको थियो। फेसबुकका प्रयोगकर्ताको संख्या निरन्तर रूपमा बढ्दै जाँदा र सक्रिय प्रयोगकर्ताको संख्याले फेसबूक प्रति लगानीकर्ताको विश्वास कायम रह्यो। 

२०१२ बाट निरन्तर रूपमा वृद्धि भएको फेसबूकको सेयर बजारको उकालो यात्रा सेप्टेम्बर २०२१ सम्म कायम रह्यो त्यसपश्चात भने नकारात्मक गिरावट देखिन थाल्यो र २ वर्षको अवधिमा ३८० डलर बाट झरेर सेयर मूल्य ९५ रुपैयाँमा आई पुगेको छ। 

सन २०१५ जुलाईमा पहिलाे पटक ९५ अमेरिकी डलर कायम गरेको मेटाको सेयर २०१२ बाट बढेर यो मूल्य उचाई कायम गरेको थियो। 

पछिल्लो समय फेसबूकमा देखिएका विभिन्न बग तथा अन्य सामाजिक सञ्जाल प्रति युवाको आकर्षित हुँदा यसको सेयर मूल्यमा गिरावट आएको हो। 

मेटाको सेयर मूल्यको गिरावट सँगै संस्थापक मार्क जुकरबर्गको पनि नेट वर्थमा गिरावट देखिएको थियो। २०२१ मा ९७ बिलियन अमेरिकी डलर नेट वर्थ २०२२ मा ६७.३ बिलियन अमेरिकी डलरमा आएको छ। 

उनी विश्व धनाढ्यको सूचीमा १५औं स्थानमा रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको