Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरुलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, ०७ : ३९ मा प्रकाशित

सेयरधनीहरुलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । 

बैंकको आर्थिक बर्ष २०६६/६७ देखि २०७०/७१ सम्मका साधारणसभाहरुबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएकोले सूचना प्रकाशित भएको एक महिना भित्र लाभांश लिन बैंकले आग्रह गरेको छ । 

सेयरधनीहरुले बैकको शेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौमा सम्पर्क गरी सम्पर्क गर्न अनुरोध गरेको छ । 

भुक्तानी लिन बाँकी रहेकाे लाभांशको विवरण बैंक तथा बैकको शेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेवसाइट  बाट डाउनलोड गरी हेर्न सकिनेछ। यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३६ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको