Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पायो क्रिप्टोकरेन्सीले स्थान

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १३ : ३४ मा प्रकाशित

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पायो क्रिप्टोकरेन्सीले स्थान

पूर्व पत्रकार रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच वाचा पत्र सार्वजनिक गरेको छ। चुनावमा घोषणा पत्र जारी गर्दै आएका राजनीतिक दल अहिले महत्वकांक्षी योजना सहित घोषणा पत्रको नाम परिवर्तन गरी पत्र निकाली रहेका छन। 

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रमा नेपालमा क्रिप्टोकरेन्सीलागि वैधानिकता दिने उल्लेख गरेको छ। वाचा पत्रको पेज २६ मा बैङ्क तथा बिमाको सुधृढ संयन्त्र अन्तर्गत देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरी डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) माईनिङ लाई वैधानिकता दिने उल्लेख गरेको छ। 

पछिल्लो समय क्रिप्टोकरेन्सीको प्रयोग विश्वभर बढि रहेको छ र विश्वका विभिन्न राष्ट्रहरूले यसलाई वैधानिकता दिएका छन् र मुद्राको प्रयोग कारोबार को लागि भई रहेको छ। 

क्रिप्टोकरेन्सी ब्लकचेन प्रविधिमा आधारित हुन्छ। क्रिप्टोकरेन्सीको कारोवार हुँदा उक्त कारोबारलाई सुपरिवेक्षण र कारोबारको नियमनका साथ कारोवारमा व्यवस्थापन गर्ने कार्य क्रिप्टोकरेन्सी माइनिङ हो र सो कार्य गरे बापत पुरस्कारको रूपमा क्रिप्टोकरेन्सी दिने गरिन्छ जसबाट आम्दानी गर्छन। 

विश्वव्यापी रूपमा ठूला ठूला सुपर कम्प्युटरको प्रयोग गरी क्रिप्टोकरेन्सीको माइनिङ हुने गर्दछ। क्रिप्टोकरेन्सीको माइनिङ प्रक्रियामा धेरै विद्युत खपत हुँदा विद्युतको उच्चतम खपत हुने अनुमान लगाउन सकिन्छ। 

पछिल्लो समय क्रिप्टोकरेन्सीको माइनिङका लागि स्थापना गरिएका केन्द्र हरूले माइनिङ गर्न छाडेका छन् र क्रिप्टोकरेन्सीको माइनिङमा धेरै विद्युत प्रयोग हुने हुँदा यसको विकल्पको खोजी सुरु भएको छ। 

हालसालै क्रिप्टोकरेन्सई इथिरियमले क्रिप्टोकरेन्सी माइनिङ गर्दा हुने इनर्जी खपत लाई ९९ प्रतिशत बाट १ प्रतिशतमा झारेको । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको