Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा मात्र हैन विश्वभर नै घट्याे सेयर बजार

धिरज पौड्याल

शनिबार, १९ कार्तिक २०७९, १२ : २९ मा प्रकाशित

नेपालमा मात्र हैन विश्वभर नै घट्याे सेयर बजार

सेयर बजारको लोकप्रियता कोभोड १९ को प्रभाव वृद्धि सँगै विश्वब्यापी रूपमा बढ्यो। सेयर मात्र नभएर यो अवधिमा क्रिप्टोकरेन्सी तर्फ पनि लगानीकर्ताको लोकप्रियता उच्च रूपमा बढ्यो।२०१९ को अन्त्यबाट विश्वब्यापी रूपमा प्रभावित बनायो, लगानीका अन्य क्षेत्रमा अबसर बन्द हुँदा सेयर बाजार प्रति लोकप्रियता बढ्दै गयो। 

कोभिडको अन्त्य तर्फ मोडिदै गर्दा सेयर बजारमा विश्वब्यापी रूपमा गिरावट देखिन थाल्यो र लगत्तै रसिया र युक्रेन बीचको युद्धले त्रसित अर्थतन्त्रलाई थप आक्रान्त बनायो। 

याे पनि पढ्नुहाेस्:

 

गत १ वर्षको अवधिमा अन्तराष्ट्रिय रुपमा सेयर बजारहरुमा रोचक गिरावट देखियो। निरन्तर रूपमा वृद्धि भई सर्वाधिक उचाइको कारोबार बिन्दु कायम गरेका एक्सचेन्जमा गिरावट आउन थाल्यो। गत वर्ष नोभेम्बर १ देखि विश्वब्यापी रूपमा सेयर बाजार निरन्तर रूपमा घटि रह्यो ।

नेप्से :

गत नोभेम्बरमा २८६९ अंकको बिन्दुमा रहेको नेप्से परिसूचक हाल १९२२ अंकको बिन्दुमा आईपुगेको छ। यो अवधिमा नेप्सेमा ९४५ अंक, ३३%  गिरावट देखिएको छ।

गत वर्ष कार्तिकमा नेपालमा सेयर बजारको उच्च आकर्षण थियो । 

१ : न्यू योर्क स्टक एक्सचेन्ज : अमेरिका: NYSE

मे १७, १७९२ मा स्थापित न्यू योर्क स्टक एक्सचेन्ज विश्वको सवैभन्दा ठूलो स्टक एक्सचेन्ज हो । वाल स्ट्रिटमा अवस्थित स्टक एक्सचेन्जमा २४०० बढि कम्पनीहरु सूचीकृत छन जसको मार्केट क्यापिटलाईजेसन २५.८५ ट्रिलियन अमेरिकी डलर बढी रहेको छ। 

न्यू योर्कमा स्टक एक्सचेन्ज गत नोभेम्बरमा १७३५० अमेरिकी डलर अंकको बिन्दुमा रहेको थियो। हाल भने एक्सचेन्ज २५३५ अंक र १४% को गिरबतका साथ १४७९० अंकको बिन्दुमा आई पुगेको छ।  

उचाइ को कारोबार कायम भई रहेको स्टक एक्सचन्जमा त्यसपश्चात गिरावट सुरु भएको देखिन्छ। 

२ : सांघाई स्टक एक्सचेन्ज: चीन: SSE

सांघाई स्टक एक्सचेन्ज विश्वको तेस्रो ठुलो स्टक एक्सचेन्ज हो र एशियाको सर्वाधिक ठूलो स्टक एक्सचेन्ज हो। सन् १९९० मा स्थापित सांघाई स्टक एक्सचेन्ज ७.३७ ट्रिलियन बढि मार्केट क्यापिटलाइजेसन रहेको छ जसमा ३००० बढी कम्पनी सूचीकृत छन।

सांघाई स्टक एक्सचेन्जमा गत १ वर्षमा ५२७ अंकको गिरावट आएको छ। गत नोभेम्बरमा ३५२५ अंकको बिन्दुमा रहेको स्टक एक्सचेन्ज अहिले १५% गिरावट साथ ३००० अंकको बिन्दुमा आइपुगेको छ। 

३) युरोपियन न्यू स्टक एक्सचेन्ज: युरोप: EURONEXT 

सन् २००० मा स्थापित युरोपियन न्यू स्टक एक्सचेन्ज विश्वको चौथो ठूलो स्टक एक्सचेन्ज हो। करिब १५०० बढी कम्पनी लिष्टेड एक्सचेन्ज ६.४१ ट्रिलियन अमेरिकी डलर बढि मार्केट क्यापिटलाइजेसन रहेको छ। 

युरोपियन न्यू स्टक एक्सचेन्ज परिसूचकमा गत १ वर्षमा १६० अंकको गिरावट आएको छ। गत नोभेम्बमा ८२० डलरको अङ्कमा रहेको परिसूचक हाल १९.४४% को गिरावट साथ ६६० अंकको बिन्दुमा आएको छ। 

४: टेस्ला 

विश्वका नं १ धनाढ्य एलन मस्कको कम्पनी टेस्लाको सेयर मुल्यमा पनि गत नोभेम्बरदेखि गिरावट देखिएको छ। गत नोभेम्बर सम्म निरन्तर रूपमा वृद्धि भएको सेयर मुल्य नोभेम्वर पश्चात गिरावट देखिएको छ। ४१० डलर रहेको टेस्लाको सेयर मूल्य ४८%, १९५ मूल्यको गिरावटका साथ २१४ अमेरिकि डलरमा आएको छ। 


५ : विटक्वाइन

लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा पनि गत नोभेम्बर देखि सबै भन्दा ठूलो गिरावट देखिएको छ।

गत नोभेम्बरमा ६७५०० अंकको बिन्दुमा रहेको बिटक्वाइनको मूल्य अहिले ४७००० डलरको गिरबटका साथ अहिले २०३०० अंकको बिन्दुमा आई पुगेको छ। यो अवधिमा बिटक्वाइनमा ७०% को गिरावट आएको हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको