Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकै ठूला ६ स्टक एक्सचेन्जः अर्थतन्त्रमा देखिएको संकट पछि कुनको अवस्था कस्तो ?

धिरज पौड्याल

शुक्रबार, ०३ भदौ २०७९, १० : २५ मा प्रकाशित

विश्वकै ठूला ६ स्टक एक्सचेन्जः अर्थतन्त्रमा देखिएको संकट पछि कुनको अवस्था कस्तो ?

सन् २०१९ अन्त्यमा आएको कोभिड महामारी सँगै सिथिल बनेको विश्व अर्थतन्त्र २०२२ सम्म आइपुग्दा अर्थतन्त्रमा विभिन्न आरोह र अवरोह देखा परे। २०२२ को पहिलो ३ महिनामा संकुचन तर्फ मोडिएको अर्थतन्त्र बिस्तारै २०२२ को ७ महिनाको मध्य तर्फ आइपुग्दा सुधार देखिदै गएको छ । 

२००८ मा देखिएको विश्व अर्थतन्त्रको संकुचन पछि विश्वमा अर्थतन्त्रलाई संकुचित गर्ने कुनै विशेष आर्थिक परिवेश सृजना भएको थिएन। २००८-०९ को आर्थिक संकुचनले प्रभाव परेको विश्व अर्थतन्त्र त्यसपश्चात अर्को १० - ११ वर्षको अवधिमा सुधार भई विकाशको चरण तथा नयाँ अर्थतन्त्रमा प्रवेश गर्दै थियो। 

२०१९ नोभेम्बरमा सुरु भएको विश्व स्वास्थ्य महामारी कोभिड - १९ का कारण बिश्वले नै आर्थिक महामारीको सामना गर्नुपर्यो , केहि देशहरु त अहिलेसम्म पनि उक्त आर्थिक संकटबाट बाहिरिन सकेका छैनन् । । 

कोभिड-१९ को प्रभावले बिश्व अर्थतन्त्र आराम गर्न बाध्य भयो, स्वास्थ्य महामारीले सृजना गरेको संकटले बिश्वका सबै राष्ट्रहरूलाई प्रभावित पार्यो । सबै तर्फ आर्थिक मन्दी लागिरहेको थियो त्यसपश्चात रसिया र युक्रेन बीचको युद्धले त्रसित अर्थतन्त्रलाई थप आक्रान्त बनायो। 

२०२२ फेब्रवरी मा सुरु भएको रसिया र युक्रेन बीचको युद्धले मुद्रास्फीति थप बढ्यो, उत्पादनमा तथा सप्लाई चेनमा बृहत् असर पुग्यो । रसिया र युक्रेन बीचको युद्धले विभिन्न राष्ट्रको वैदेशिक मुद्रा सञ्चिति घट्दै गएको थियो जसका कारण राष्ट्रहरू बैंकरप्सी तर्फ बढिरहेका थिए, २००८ पछिको अर्को रिसेसनको संकेत गरिरहेको थियो। 

हामीले यहाँ यस अवधिमा विश्वका शीर्ष सेयरबजारमा देखिएको प्रभाव बारे चर्चा गर्नेछौ। 

१ : न्यू योर्क स्टक एक्सचेन्ज : अमेरिका: NYSE

मे १७, १७९२ मा स्थापित न्यू योर्क स्टक एक्सचेन्ज विश्वको सवैभन्दा ठूलो स्टक एक्सचेन्ज हो । वाल स्ट्रिटमा अवस्थित स्टक एक्सचेन्जमा २४०० कम्पनीहरु सूचीकृत छन जसको मार्केट क्यापिटलाईजेसन २५.८५ ट्रिलियन अमेरिकी डलर बढी रहेको छ। 

न्यू योर्क स्टक एक्सचेन्जमा डिसेम्बर २०१९ देखि हाल सम्म करिब १८०० अंकको वृद्धि भएको छ। डिसेम्बर २०१९ मा १३९१३.९२ अंकको बिन्दुमा रहेको परिसूचक हाल १५७३४ बिन्दुमा पुगेको छ, यो अवधिमा न्यू योर्क स्टक एक्सचेन्जमा करिब १३% को वृद्धि देखिएको छ। 

मार्च २०२० मा ५३७० अङ्कको गिरबटका साथ सर्वाधिक कम ८६६६ को बिन्दुमा पुगेको थियो भने बजार २०२२ जनवरीमा ८९५३ अंकको वृद्धिका साथ सर्वाधिक बढी १७४५३ अंकको बिन्दुमा पुगेको थियो। 

जनावरीबाट घट्न थालेको बाजार जुलाई बाट बढ्न थालेको छ। 

२ : सांघाई स्टक एक्सचेन्ज: चीन: SSE

सांघाई स्टक एक्सचेन्ज विश्वको तेस्रो ठुलो स्टक एक्सचेन्ज हो र एशियाको सर्वाधिक ठूलो स्टक एक्सचेन्ज हो। सन् १९९० मा स्थापित सांघाई स्टक एक्सचेन्ज ७.३७ ट्रिलियन मार्केट क्यापिटलाइजेसन रहेको छ जसमा ३००० बढी कम्पनी सूचीकृत छन। 

सांघाई स्टक एक्सचेन्जमा डिसेम्बर २०१९ देखि हाल सम्म करिब २५० अंकको वृद्धि भएको छ। डिसेम्बर २०१९ मा ३०५० अंकको बिन्दुमा रहेको परिसूचक हाल ३२८० अंकको बिन्दुमा पुगेको छ, यो अवधिमा सांघाई स्टक एक्सचेन्जमा करिब ८% को वृद्धि देखिएको छ। 

मार्च २०२० मा ४०६ अङ्कको गिरबटका साथ सर्वाधिक कम २६४५ को बिन्दुमा पुगेको थियो भने बजार फेब्रुअरी २०२१ मा १०८८ अंकको वृद्धिका साथ सर्वाधिक बढी ३७३२ अंकको बिन्दुमा पुगेको थियो। 

बजार मे २०२२ बाट बढ्न थालेको छ। 

३) युरोपियन न्यू स्टक एक्सचेन्ज: युरोप: EURONEXT 

सन् २००० मा स्थापित युरोपियन न्यू स्टक एक्सचेन्ज विश्वको चौथो ठूलो स्टक एक्सचेन्ज हो। करिब १५०० बढी कम्पनी लिष्टेड एक्सचेन्ज ६.४१ ट्रिलियन अमेरिकी डलर मार्केट क्यापिटलाइजेसन रहेको छ। 

युरोपियन न्यू स्टक एक्सचेन्जमा डिसेम्बर २०१९ देखि हाल सम्म करिब १२० अंकको वृद्धि भएको छ। डिसेम्बर २०१९ मा ६०५ अंकको बिन्दुमा रहेको परिसूचक हाल ७२० अंकको बिन्दुमा पुगेको छ, यो अवधिमा सांघाई स्टक एक्सचेन्जमा करिब २०% को वृद्धि देखिएको छ। 

मार्च २०२० मा २११ अङ्कको गिरबटका साथ सर्वाधिक कम ३९० को बिन्दुमा पुगेको थियो भने बजार नोभेम्बर २०२१ मा ४४० अंकको वृद्धिका साथ सर्वाधिक बढी ८३४ अंकको बिन्दुमा पुगेको थियो।

४ : जापान स्टक एक्सचेन्ज: जापान(JPX)

सन् २०१३ मा मर्जर पश्चात स्थापित जापान स्टक एक्सचेन्ज विश्वको छैटौं ठूलो स्टक एक्सचेन्ज हो। ३८०० बढी कम्पनी सूचीकृत रहेको जापान स्टक एक्सचेन्ज ५.१६ ट्रिलियन अमेरिकी डलर क्यापिटलाईजेसन रहेको छ। 

जापान स्टक एक्सचेन्जमा डिसेम्बर २०१९ देखि हाल सम्म करिब २७१ अंकको वृद्धि भएको छ। डिसेम्बर २०१९ मा १७२० अंकको बिन्दुमा रहेको परिसूचक हाल १९९०.५० अंकको बिन्दुमा पुगेको छ, यो अवधिमा जापान स्टक एक्सचेन्जमा करिब १५.८०% को वृद्धि देखिएको छ। 

मार्च २०२० मा ५२५ अङ्कको गिरबटका साथ सर्वाधिक कम १२०० अंकको बिन्दुमा पुगेको थियो भने बजार सेप्टेम्बर २०२१ मा ९३१ अंकको वृद्धिका साथ सर्वाधिक बढी २१२७ अंकको बिन्दुमा पुगेको थियो।

५ : लण्डन स्टक एक्सचेन्ज: बेलायत : LSE

सन् १८०१ मा स्थापित लण्डन स्टक एक्सचेन्ज विश्वको आठौ ठूलो स्टक एक्सचेन्ज हो र यो विश्वको सबैभन्दा पुरानो स्टक एक्सचेन्ज हो। यसमा ३००० बढी कम्पनीहरु सूचीकृत रहेका छन जसको मार्केट क्यापिटलाइजेसन ३.७१ ट्रिलियन अमेरिकी डलर रहेको छ। 

लण्डन स्टक एक्सचेन्जमा(FTSE-All Share)  डिसेम्बर २०१९ देखि हाल सम्म करिब १०२ अंकको गिरावट आएको छ। डिसेम्बर २०१९ मा ४२४७ अंकको बिन्दुमा रहेको परिसूचक हाल ४१४५.९२ अंकको बिन्दुमा पुगेको छ, यो अवधिमा लण्डन स्टक एक्सचेन्जमा करिब २% को गिरावट देखिएको छ। 

मार्च २०२० मा १३६० अङ्कको गिरबटका साथ सर्वाधिक कम २८८७ अंकको बिन्दुमा पुगेको थियो भने बजार फेब्रुअरी २०२१ मा १४०० अंकको वृद्धिका साथ सर्वाधिक बढी ४२८६ अंकको बिन्दुमा पुगेको थियो।

६ : बम्बई स्टक एक्सचेन्ज: भारत : BSE

सन १८७५ मा स्थापित बम्बई स्टक एक्सचेन्ज विश्वको नवौं ठूलो स्टक एक्सचेन्ज हो। करिब ५५०० कम्पनी सूचीकृत रहेको बम्बई स्टक एक्सचेन्ज २७६.७१ लाख करोड भारु मार्केट क्यापिटलाइजेसन रहेको छ। 

बम्बई स्टक एक्सचेन्जमा डिसेम्बर २०१९ देखि हाल सम्म करिब १८९८६.९९ अंकको वृद्धि भएको छ। डिसेम्बर २०१९ मा ४०७३९ अंकको बिन्दुमा रहेको परिसूचक हाल ६०२१७ अंकको बिन्दुमा पुगेको छ, यो अवधिमा बम्बई स्टक एक्सचेन्जमा करिब ४६% को वृद्धि देखिएको छ। 

मार्च २०२० मा १५५२५ अङ्कको गिरबटका साथ सर्वाधिक कम २५६०० अंकको बिन्दुमा पुगेको थियो भने बजार अक्टोबर २०२१ मा ३६६१० अंकको वृद्धिका साथ सर्वाधिक बढी ६२३४० अंकको बिन्दुमा पुगेको थियो।

७ : नेपाल स्टक एक्सचेन्ज: नेपाल : NEPSE

सन् १९९३ मा स्थापित नेपाल स्टक एक्सचेन्ज नेपालको पहिलो र एकमात्र स्टक एक्सचेन्ज हो । नेप्सेको मार्केट क्यापिटलाईजेसन करिब २९६३.६५ बिलियन रुपैयाँ रहेको छ। 

नेपाल स्टक एक्सचेन्जमा डिसेम्बर २०१९ देखि हाल सम्म करिब ९०४ अंकको वृद्धि भएको छ। डिसेम्बर २०१९ मा ११६० अंकको बिन्दुमा रहेको परिसूचक हाल  २०६८.२६ अंकको बिन्दुमा पुगेको छ, यो अवधिमा नेपाल स्टक एक्सचेन्जमा करिब ७८% को वृद्धि देखिएको छ। 

मार्च २०२० मा २३ अङ्कको गिरबटका साथ सर्वाधिक कम ११४४ अंकको बिन्दुमा पुगेको थियो भने बजार अगस्ट २०२१ मा २०९० अंकको वृद्धिका साथ सर्वाधिक बढी ३२२७ अंकको बिन्दुमा पुगेको थियो।







 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको