Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा अझै बढ्ने संकेत

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १२ : ५८ मा प्रकाशित

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा अझै बढ्ने संकेत

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजल प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धन प्रतिलिटर ४ रुपैयाँ ७७ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएकाे छ ।

निगमले अझै १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ ।

भारतले मूल्य बढाएर पठाएपछि  नेपालमा पनि अझै बढ्ने संकेत देखिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको