Like us!
Follow us!
Connect us!
Watch us!

६ तस्विरमा हेर्नुहाेस् बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योग/व्यवसायीकाे आन्दोलन

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १३ : ५७ मा प्रकाशित

६ तस्विरमा हेर्नुहाेस् बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योग/व्यवसायीकाे आन्दोलन

बैंक तथा वित्तिय संस्थाहरूकाे चर्काे व्याजदर भन्दै उद्योगी–व्यवसायीहरूले माइतीघरमा  प्रदर्शन गरेका छन् । व्यवसायीहरूकाे विभिन्न संघहरूले ब्याजदरवृद्धिको विरुद्धमा आज माइतीघरमा आन्दोलन गरेका हुन् । महासंघले अहिले ११ बजेदेखि ब्याजदर वृद्धिको विरोधमा शान्तिपुर्ण विरोध प्रदर्शन गरेकाे हाे । 

ब्याजदरविरूद्ध ५ बुँदेमागसहित व्यवसायी आन्दोलनमा

व्यवसायीहरूले वर्तमान बैंक, वित्तीय समस्या समाधानका लागि ध्यानाकर्षण जनाउँदै प्रेस विज्ञप्ति सार्वजनिक गरी सम्बन्धित निकाय समक्ष ५ बुँदे माग समेत पेश गरेका छन् ।

यस्ता छन् मागहरू :

- ब्याजदर : निक्षेप ब्याजदर बढाउंदैमा निक्षेप बढेन । अतः उद्योगका लागी एक अंकमा बढी नहुने र व्यापारमा १ / २ प्रतिशत मात्र थप गरी लिन पाइने गरि लगानी योग्य पूंजीको शिघ्र व्यवस्थापन माग गर्दछौँ ।

- बैंकहरुको खर्च न्यून गरि स्पेड दर ३ % भित्र रही जोखिमका आधार मा आधार दरमा बढीमा २% मात्र थप प्रिमियम लिन पाइने व्यवस्थाको माग गर्दछौं ।

- बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल.सी/नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्तः गरि गत वर्षको भन्दा बढी लिन नपाइने माग गर्दछौँ ।

- हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकरण गरि, ब्याज बुझाउने म्याद ३५ दिन सम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रक्रियालाई हाल स्थगित गर्न माग गर्दछौँ ।

- हालको बाह्य र आन्तरीक कारणको असहज समय उपयुक्त नभएकोले चालु पूंजी कर्जा निर्देशिका स्थगितको माग गर्दछौँ ।

6364c288367ef.jpg 6364c290698d8.jpg 6364c290c00b5.jpg 6364c29204295.jpg 6364c2926ab25.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको