Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँमा सुरू भयाे स्टार्टअप एण्ड आईडिया फेस्ट

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १६ : ०३ मा प्रकाशित

काठमाडौँमा सुरू भयाे स्टार्टअप एण्ड आईडिया फेस्ट

लिविङ विथ आइसिटीको आयोजनामा काठमाडौंमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरु भएको छ । शुक्रबार र शनिबार सञ्चालन हुने कार्यक्रममा आजबाट सुरु भएको हो ।

कार्यक्रममा सातै प्रदेशबाट छनौट भएका आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागि रहेका छन् । साथै फेस्टमा स्टिम सिकाइ अन्तर्गत विद्यार्थीले उत्पादन गरेका इन्नोभेसन, एस्ट्रोनोमी, भौतिक तथा जीव विज्ञान, रकेट साइन्स तथा रकेट साइन्स सम्बन्धी वर्कशप र प्रदर्शनी सञ्चालन भएको हाे।

शुक्रबार आयोजित कार्यक्रममा सय बढी स्टार्ट अप तथा व्यवसायहरु सहभागी भएका थिए भने ४००० बढी विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ। आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ८ गते सोल्टी होटल काठमाडौंमा आयोजना हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको