Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल लघुवित्तको नाफा ४४ प्रतिशतले घट्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, ०८ : २० मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्तको नाफा ४४ प्रतिशतले घट्यो, अन्य अवस्था कस्तो ?

सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १ करोड ५१ लाख ३७ हजा रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४४.७२ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५.५४ प्रतिशतले घटेर २ करोड ४२ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा  २ करोड ५७ लाख ७ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने ३६.०९ प्रतिशतले बढेर ६ करोड ४ लाख ३८ हजार रुपैयाँ पुगेको छ । 

संस्थाको ब्याज आम्मदानी ३६ प्रतिशतले बढ्दा पनि राइट ब्याक बापतको रकम शत प्रतिशतले घटेका कारण संस्थाको नाफा प्रभावित भएको हो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४९ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३४.११ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको