Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले डिबेन्चर निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, ११ : ०६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले डिबेन्चर निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

ग्लोबल आइएमई बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले साेही प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेकाे छ । 

बैंकले “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” नाममा ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याजसहित पाँच वर्षको लागि ॠणपत्र निष्कासन गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच ग्लोबल आइएमई बैंक कमलादी, काठमाण्डौंमा डिबेन्चर सेयर निष्कासन गर्ने सम्झौता गरिएकाे बैंकले जनाएकाे छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको