Like us!
Follow us!
Connect us!
Watch us!

रुस - युक्रेन युद्ध अन्त्यको संकेत, अमेरिकाले दियो युक्रेनलाई वार्ताको सुझाव

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, १६ : ३५ मा प्रकाशित

रुस - युक्रेन युद्ध अन्त्यको संकेत, अमेरिकाले दियो युक्रेनलाई वार्ताको सुझाव

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई रुससँग वार्ता गर्न सुझाव दिएका छन्। भ्लादिमिर पुटिन सत्तामा रहेसम्म रुसलाई गलाउन नसकिने निष्कर्षमा अमेरिका पुगेको र शान्ति वार्तामार्फत नै युद्ध अन्त्य गर्न युक्रेनलाई सुझाव दिएको कुरा विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन्।  

अमेरिकाले युद्धको सुरुवातदेखि नै युक्रेनलाई सहायता दिँदै आएको छ। युद्ध सुरु भएको ८ महिना भईसकेको छ। युद्ध सुरु हुँदा यो युद्ध यति लामो समयसम्म चल्ला भनेर अमेरिकाले सोचेको थिएन। युद्ध चर्किने देखिएपछि अब युक्रेनलाई थप सहायता दिन सकिदैन भन्ने पक्षमा अमेरिकी उच्च अधिकारीहरु पुगेको बताईएको छ। हुन त अमेरिकाले अन्तिम समयसम्म युक्रेनलाई सहयोग गर्ने र रुसी अधिनायकवाद स्थापित हुन नदिने कुरा बारम्बार सार्वजनिक रुपमा गर्दै आएको छ तर अब यो युद्धको अन्त्य हुनुपर्छ भन्ने पक्षमा अमेरिका रहेको देखिएको छ।  

रुस युक्रेन युद्धका कारण अमेरिका लगायतका अन्य सहयोगी पश्चिमा मुलुकहरुले ठुलो रकम युक्रेनलाई सहयोग गर्नु परेको त छँदै छ, यो युद्ध विश्वमै मुद्रास्फीति बढाउने एक ठूलो कारण बनेको छ। अमेरिकाले पनि ४० वर्ष यताकै ठूलो मुद्रास्फीति भोग्दै छ। युद्धरत दुबै मुलुकहरु विश्व खाद्यान्न र पेट्रोलियमको आपूर्तिमा ठूलो हिस्सा राख्ने गर्दछन। अहिलेको युद्धका कारण पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य आकाशिएको छ। यदि रुस र युक्रेनविचको युद्ध समाप्त हुने हो भने अहिले विश्वले भोगिरहेको मुद्रास्फीतिको अवस्थाबाट धेरै हदसम्म मुक्ति पाउने विश्लेषण गरिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको