Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकले पुनः निष्क्रिय बनायो एमआरआर ग्रुपलाई

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, ०७ : ४४ मा प्रकाशित

फेसबुकले पुनः निष्क्रिय बनायो एमआरआर ग्रुपलाई

चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको संचालक कम्पनी मेटाले पुनः निष्क्रिय बनाएको छ । केहि दिन अघि पनि उक्त ग्रुपलाई निष्क्रिय बनाएको फेसबुकले मंगलबार मात्र पुनः सक्रिय बनाएको थियो ।  

बुधबार बिहान बाट फेसबुकले उक्त ग्रुपलाई निष्कृय बनाएको छ । के कति कारणले पुनः ग्रुपलाई निष्क्रिय बनाइएको हो त्यो अहिलेसम्म कुनै जानकारी नआएको ग्रुपका एक सदस्यले बताए । 

एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो । गत स्थानिय निर्वाचनमा काठमांडौका मेयर बालेन्द्र साहलाई जिताउन महत्वपुर्ण भुमिका खेलेको उक्त ग्रुपले विभिन्न सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको