Like us!
Follow us!
Connect us!
Watch us!

२७ प्रतिशतले बढ्यो नेरुडे लघुवित्तको नाफा, ईपिएस कति ?

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०५ : ४१ मा प्रकाशित

२७ प्रतिशतले बढ्यो नेरुडे लघुवित्तको नाफा, ईपिएस कति ?

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २३ करोड ३० लाख १ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २७.७८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १८ करोड २३ लाख ४८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ८ प्रतिशतले बढेर ६१ करोड २८ लाख ६२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ५६ करोड ७२ लाख ९५ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा भने २६.०७ प्रतिशतले घटेर २१ करोड ३९ लाख ९७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २८ करोड ९४ लाख ४१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६० करोड रुपैयाँ र जगेडा कोषमा ७९ करोड १४ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ९१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको