Like us!
Follow us!
Connect us!
Watch us!

५७.३ मेगावाटको जलविद्युत् आयोजनामा ८ अर्ब लगानीकाे प्रतिवद्धता

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, १४ : ०९ मा प्रकाशित

५७.३ मेगावाटको जलविद्युत् आयोजनामा ८ अर्ब लगानीकाे प्रतिवद्धता

हाइड्रो भिलेजले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा निर्माण सुरु गरेको ५७.३ मेगावाटको जलविद्युत् आयोजनामा पाँच वटा बैंकले करिब आठ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । कम्पनी र बैंकहरूबीच कार्तिक २१ गते सोमबार लगानी सम्बन्धी सम्झौता भएको हाे।

आयोजनाले ६२६.५० मि. हेड र म्याग्दी खोलाको १२.५० घन मि. प्रतिसेकेन्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत् उत्पादन गर्नेछ । कूल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबीआई बैंकले लगानी गर्नेछन् ।

आयोजनामा वित्तीय संस्थाबाट ७५ प्रतिशत स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ ।

त्यसैगरी प्रत्यक्ष वैदेशिक लगानीको रूपमा मलेसियन कम्पनी एक्वा भेन्चरको तथा स्वदेशी लगानीका रूपमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभेलपमेन्ट कम्पनी र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेलसमेतको स्वपूँजी लगानी हुने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको