Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले पूरा गर्ला त अध्यक्षले घोषणा गरेको ९० प्रतिशत लाभांशकाे वाचा ? (भिडियोसहित)

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, १४ : २४ मा प्रकाशित

नबिल बैंकले पूरा गर्ला त अध्यक्षले घोषणा गरेको ९० प्रतिशत लाभांशकाे वाचा ? (भिडियोसहित)

वि.स २०७९ जेठ ०७ गते सम्पन्न नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर प्रस्ताब सहितको साधारण सभामा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले आगामी ३ वर्ष सम्म लगातार ३० प्रतिशत भन्दा माथिको दरले लाभांस दिने बताएका थिए। 

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले‚“बजारले हिजोआज दिएको प्रतिफल भन्दा दोब्बर वा ३० प्रतिशत लाभांश दिनेछौ। हामी लगातार तिन वर्षसम्म सेयरधनीलाई ३० प्रतिशतको दरले लाभांस दिन्छौ।” उनले भने। 

भिडीयो यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ 

के छ त नबिल बैंकको वित्तीय अवस्था :

गत आर्थिक बर्षमा नेपाल बंगलादेश बैंकलाई अक्वायर गरे पछि नबिलको वितरणयोग्य मुनाफा आकर्षक देखिन्छ । गत आर्थिक बर्षको असार मसान्तसम्म आईपुग्दा नबिलले वितरणयोग्य नाफा ११९.९६५ ले बृद्धि गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिलले रिर्जभबाटै ५ अर्ब ७४ करोड रुपैयाँ (विजनेश कम्वाइन) प्राप्त हुँदा वितरण योग्य नाफा ९ अर्ब नाघेको हो ।

मर्जर पछि २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको बैंकले गत आर्थिक बर्षको वितरणयोग्य मुनाफाबाट ३९.९४ प्रतिशतसम्म लाभांश वितरण गर्ने देखिन्छ । समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी १६.७९ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड १९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८ अर्ब ७ करोड ५८ लाख रूपैयाँ रहेको थियो ।

नबिल बैंकले ३ वर्षमा ९० प्रतिशत लाभांश दिने

बैंककाे सेयरमा दश वर्ष अगाडि १०० कित्तामा लगानी गर्ने लगानीकर्ताको सेयर बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ६ सय ६२ कित्ता पुगेको छ । नगद लाभांशबाट पनि बैंकका लगानीकर्ताहरूले राम्रै आम्दानी गरिसकेका छन् । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । याे लाभांश बैंकहरूमध्येकाे हालसम्मकै उच्च लाभांश हाे ।

बैंककाे १० वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१  मा बराबरी ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६७/६८ मा ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

नबिल बैंक लिमिटेडको १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० नगद लाभांश वितरण गरेकाे थियाे । यस वर्ष बाेनस वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४५ प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.८४२ प्रतिशत नगद गरि कूल ३६.८४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.५ प्रतिशत बाेनस र १.७६ प्रतिशत नगद गरि कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.६ प्रतिशत बाेनस र ४.४ प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको