Like us!
Follow us!
Connect us!
Watch us!

मेगा क्यापिटलले डाक्याे साधारण सभा, २४.५ प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, ११ : ५४ मा प्रकाशित

मेगा क्यापिटलले डाक्याे साधारण सभा, २४.५ प्रतिशत लाभांश पारित हुँदै

मेगा क्यापिटल मार्केट्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा मंसिर १६ गते, शुक्रबार फेयरफिल्डबाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौँमा दिउँसो ३:३० बजेदेखि सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम २४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 

त्यसैगरी, मुख्य कम्पनी मेगा बैंक हाल गाभ्ने/गाभिने (Merger) प्रकृयामा रहेको र मुख्य कम्पनी मेगा बैंक नेपाल अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक/वित्तिय संस्थाहरुसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९ (क) बमोजिम सो कम्पनीसँग गाभ्ने/गाभिने तथा अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुसँग गाभ्ने/गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा पारित गरिनेछ । 

यसका साथै, गाभ्ने/गाभिने (Merger) सम्बन्धी प्रस्ताव सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका लागि नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा वा आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन वा संशोधन गर्न परेमा सो गर्न गराउन सञ्चालक
समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको