Like us!
Follow us!
Connect us!
Watch us!

त्रिविले डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन

पत्रपत्रिका

शुक्रबार, २५ कार्तिक २०७९, ०६ : ४३ मा प्रकाशित

त्रिविले डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन

मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा सञ्चालन गरेको एक/डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् ।

जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । ९ बुँदे ज्ञापनपत्रमा ‘स्नातक तह प्रथम वर्षको १६ महिनाअघि लिइएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारणसहित सात दिनभित्र प्रकाशित गर्न’ माग गरिएको छ ।

त्यस्तै, स्नातक तेस्रो र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसकेको र ट्रान्सक्रिप्ट तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग अघि सारिएका छन् । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको