Like us!
Follow us!
Connect us!
Watch us!

अब नेप्सेको पुरानो वेबसाईट नचल्ने

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, १२ : २० मा प्रकाशित

अब नेप्सेको पुरानो वेबसाईट नचल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हाल संचालनमा रहेको वेबसाइट बन्द गर्ने भएको छ । हाल सञ्चालनमा रहेको वेबसाईट www.nepalstock.com लाई पुर्ण रुपमा बन्द गर्दै नयाँ वेबसाईटलाई पुर्ण रुपमा सूचारु गर्ने नेप्सेले जनाएको छ । 

नेप्सेले एक सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा संचालन गर्दै आएको नयाँ वेबसाईटलाई कार्तिक २७ गते आईतबारदेखि पूर्ण रुपमा सञ्जालनमा ल्याउने जनाएको छ । साथै अब उपरान्त नेप्सेले कुनै पनि सूचनाहरु पुरानो साइटमा अबलोड समेत नहुने जनाएको छ । 

अब लगानीकर्ताहरुले नेप्सेको नयाँ वेबसाइट www.nepalstock.com.np बाट मात्र विभिन्न सूचना तथा जानकारीहरु प्राप्त गर्न सक्नेछन् ।

636dedbc0eec0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको