Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवा सुरु

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, १३ : २७ मा प्रकाशित

प्रभु बैंकको भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवा सुरु

प्रभु बैंक लिमिटेडलेअन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईण्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई बिना झण्झट सरल र सजिलै रेमिट्यान्सपठाउन सकिने व्यवस्था मिलाएको छ । 

यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत्यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी प्रभु बैंकका भिसा डेविट कार्डका सम्पूर्ण ग्राहक महानुभावहरुले अधिकतम लाभ लिनुुहुनेछभन्ने बैंकले पूर्ण विश्वासलिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको