Like us!
Follow us!
Connect us!
Watch us!

५० प्रतिशतले घट्यो साहस उर्जाको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, १० : ३८ मा प्रकाशित

५० प्रतिशतले घट्यो साहस उर्जाको नाफा, प्रतिसेयर आम्दानी कति ?

साहस उर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १० करोड १८ लाख ९६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा ५० प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले २० करोड ८२ लाख ७१ हजार रूपैयाँ नाफा कमाएको थियो।

समिक्षा अवधिसम्म कम्पनीको निर्माण आम्दानी पनि ४७.६० प्रतिशतले घटेर ६७ करोड ५५ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको यस्तो आम्दानी १ अर्ब २८ करोड ९३ लाख २६ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब १२ करोड २२ लाख ६७ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ७९ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

637078923be42.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको