Like us!
Follow us!
Connect us!
Watch us!

माग घटेसँगै औद्योगिक उत्पादनमा उच्च गिरावट, मन्दीको जोखिममा अर्थतन्त्र

पत्रपत्रिका

मंगलबार, २९ कार्तिक २०७९, ०८ : २० मा प्रकाशित

माग घटेसँगै औद्योगिक उत्पादनमा उच्च गिरावट, मन्दीको जोखिममा अर्थतन्त्र

मुलुकको औद्योगिक क्षेत्र आर्थिक सङ्कटमा परेको छ। बजारमा तरलता अभाव, बैङ्कको चर्को ब्याजदरले आर्थिक गतिविधि चलायमान नहुँदा समग्र औद्योगिक क्षेत्र सङ्कटमा पर्न थालेको हो । 

सिमेन्ट, फलाम, डन्डी, प्लास्टिक, अटोमोबाइल, साबुन, शृङ्गार, बिस्कुट, सर्फ तथा पेय पदार्थलगायत अन्य उद्योग आर्थिक समस्यामा परी उत्पादनमा कटौती हुन थालेको सम्बन्धित उद्योगीले जानकारी दिएका हुन् ।

बजारमा खपत कम हुुँदा निर्माण सामग्रीका उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् । अर्थविद् डा. चिरञ्जीवी नेपालले अर्थतन्त्रमा शिथिलता आएकाले यसलाई समयमै सम्बोधन नगरे आर्थिक मन्दीतर्फ जाने जोखिम रहेको बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको