Like us!
Follow us!
Connect us!
Watch us!

डिजीटल जुवाघर बन्दै ‘टिकटक’: खेलाउने सयौँ, हेर्ने लाखौँ

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १३ : ५५ मा प्रकाशित

डिजीटल जुवाघर  बन्दै  ‘टिकटक’: खेलाउने सयौँ, हेर्ने लाखौँ

सामाजिक सञ्जाल टिकटक पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ। छोटा कन्टेन्ट प्रति प्रयोगकर्ताको चासो बढ्दै जाँदा यसमा सक्रिय प्रयोगकर्ताको संख्या उच्च भएको हो। नेपालमा टिकटकले केहि सकारात्मक कुराहरू रहेतापनि सामाजिक सञ्जालको दुरुपयोग उच्च रूपमा हुँदै आएको छ पछिल्लो समय त सामाजिक सञ्जाल टिकटक लाइभमा तास खेल्नै थालेका छन्। 

सामाजिक सञ्जाल टिकटक लाइभ Creator र Follower बीच अन्तरकृया गर्ने उद्देश्यले सुरु भएको पाइन्छ, टिकटकमा युजरले लाइभमार्फत कन्टेन्ट Creator लाई गिफ्ट दिन सकिने व्यवस्था रहेको छ तर नेपालमा टिकटक लाइभ मार्फत Follower बढाइदिन यस कोइनको प्रयोग हुँदै आएको छ। 

यसरी गिफ्टको लागी दिने क्वाइन खरिद गर्दा उच्च मूल्यमा डलर बाहीरिएको छ। 

नेपालमा तास खेल्नु अवैधानिक रहेको छ, दशैमा चाडवाडका कारण सांस्कृतिक छुट जस्तै पाइन्छन्, तर पछिल्लो समय विकृतिको रूपमा टिकटक जुवाघर बन्दै गइरहेको छ। 

प्रयोगकर्ताहरू टिकटक लाइभमा बसेर तास खेल्दै, खेलाउदै आइरहेका छन् जसको नियामक मुकदर्शक मात्र बनेका छन। 

टिकटक लाइभमा प्रयोगकर्ताहरूलाई जोडेर भौतिक रूपमा तास खेलाझै टिकटक मार्फत खरिद गरिएको डिजिटल क्वाइन मार्फत कारोबार गर्दै आएका छन्। जसलाई हजारौंलेहेर्दै आएका छन्। 

  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको