Like us!
Follow us!
Connect us!
Watch us!

३० प्रतिशतले बढ्यो सिद्धार्थ इन्स्योरेन्सको खुद बिमाशूल्क, नाफा कति ?

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, ०७ : ३९ मा प्रकाशित

३० प्रतिशतले बढ्यो सिद्धार्थ इन्स्योरेन्सको खुद बिमाशूल्क, नाफा कति ?

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा कम्पनीले ५ करोड १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५.६४ प्रतिशतले थोरै हो । गत वर्ष यस कम्पनीले ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीले ३९ करोड ८२ लाख ४३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा ३०.१४ प्रतिशतले बढि हो । गत वर्ष ३० करोड ५९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोषमा २४ करोड २७ लाख ३२ रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ  २२० रुपैयाँ ३६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको