Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको नाफा ३२ करोड, ईपिएस कति ?

अर्थ संसार

आइतबार, २२ साउन २०७९, ०७ : १९ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको नाफा ३२ करोड, ईपिएस कति ?

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको ०७८/०७९ को अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ८.३१ प्रतिशतले घटेर ३२ करोड १० लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क भने १४ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ९२ करोड ६४ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड २६ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९३ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ११ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको