Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासन गर्न नेशनल हाइड्रोले दियाे सेबाेनमा निवेदन

अर्थ संसार

शुक्रबार, ०२ मंसिर २०७९, १३ : १३ मा प्रकाशित

हकप्रद निष्कासन गर्न नेशनल हाइड्रोले दियाे सेबाेनमा निवेदन

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ ।   

कम्पनीले १०:५ काे अनुपातमा आफ्ना सेयरधनीहरूलाई ८२ कराेड २१ लाख ४५ हजार ९ सय ७१ रूपैयाँ बराबरकाे ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक २२ गते सेबाेनमा निवेदन दिएकाे हाे । 

कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

कम्पनीकाे  भाद्र १७ गते, शुक्रबार डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा सम्पन्न भएकाे विशेष साधारण सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

6377349824d03.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको