Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे रिडी पावरकाे काराेबार राेक्का

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १० : ५१ मा प्रकाशित

नेप्सेले गर्याे रिडी पावरकाे काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठक ११ बजे बसेर लाभांश घाेषणा गरेकाे भएपनि नेप्सेलाई भने काराेबार समय पछि मात्रै जानकारी गराइएकाे भन्दै नेप्सेले सूचना लुकाएकाे आरोपमा कम्पनीको कारोबार रोक्का गरेको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेकाे सूचनामा उल्लेख गरिएकाे छ ।

ऐ. विनियमावलीको विनियम १६( १ (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमानै जानकारी नदिएको हो ? यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

कम्पनीकाे हिजाे मंसिर ६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

नेप्सेले  प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

637dae0c8381a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको